नवनिर्वाचित ४७ सांसदहरुले मातृभाषामा शपथ लिदै

२०८२ चैत्र १२ विहिवार
सारांश
  • शपथ हुने हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन गरिएको छ ।

काठमाडौं: प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ आज दिउसो २ बजेदेखि सिंहदरबारस्थित नवनिर्मित वहुउद्देश्यीय सभाहलमा हुदै छ ।

 

संघीय संसद सचिवालयका अनुसार नव निर्वाचित सांसदहरुमध्ये ४७ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । जसमा १७ जनाले मैथिली भाषमा थपथ ग्रहण गर्ने जानकारी दिएका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ । 

 

संसद सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बीर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन भनेको छ ।

 

सचिवालयले नवनिर्वाचित सांसदहरुलाई औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको छ । 

 

शपथ हुने हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन गरिएको छ । 

 

यसअघि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराइसकेका छन् भने आज केसीले बाँकी सबै २७४ सांसदलाई शपथ गराउने छन् ।

 

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राप्रपाले ५ सिट जितेका छन् । त्यस्तै एक सिटमा स्वतन्त्र सांसद महावीर पुन विजयी भएका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार