महावीर पुन भन्छन्- स्वकीय सचिवलाई कोषमा नियुक्ति शतप्रतिशत गलत !

२०८२ चैत्र ०२ सोमवार
सारांश
  • सांसद महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्ति गलत भएको बताएका छन् ।

काठमाण्डौ, ०२ चैत्र । सांसद महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्ति गलत भएको बताएका छन् । उनले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई सो पदमा गरिएको नियुक्ति शतप्रतिशत गलत भएको टिप्पणी गरेका हुन् ।

 

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पुनले उक्त पद नलिन आग्रह पनि गरेका छन् । उनले प्रधानमन्त्रीको सम्मान जोगाउनका लागि यस्तो सानो लोभ त्याग्न आग्रह गर्दै यसले कमाएको ऐतिहासिक प्रतिष्ठा धुलोमा नमिसियोस् भनेका छन् ।

 

उनले भनेका छन्- 'प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकिय सचिव आदर्श कुमार श्रेष्ठलाई गरेको नियुक्ती १०० प्रतिशत गलत हो । आर्दश भाई, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातीर त्यो पद नलिउ ।'

 

उनले नातावाद, चाकरी, कृपा र चापलुसीका कारण पुराना राजनीतिक दलहरू कमजोर भएको उल्लेख गर्दै यही प्रवृत्ति दोहोरिए नयाँ दलहरू पनि भविष्यमा कमजोर हुने चेतावनी दिएका छन् ।

पुनले आफूले सचेत गराउने काम गरेको उल्लेख गर्दै आगामी सरकारले यस्ता नियुक्ति गर्दा विवेक प्रयोग गर्नुपर्ने बताएका छन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार