विपन्नको छुटदेखि निःशुल्क उपचार जारी रहन्छ, भ्रममा नपरौं- सुनिल कुमार शर्मा
२०८२ फागुन २६ मङ्गलवार
- नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर सेवा पुर्याउने प्रयास निरन्तर भइरहेको पनि उनले बताएका छन् ।
काठमाडौँ: नेपाली काँग्रेसका नेता सुनिल कुमार शर्माले आफूले सञ्चालन गर्दै आएका स्वास्थ्य संस्थासम्बन्धी बजारमा फैलाइएका हल्ला र भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
शर्माले नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमार्फत विगतदेखि नै नागरिकलाई स्वास्थ्य सेवा र सहयोग प्रदान गर्दै आएको उल्लेख गरेका छन् । विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राखेर छुटदेखि निःशुल्क उपचारसम्मको सुविधा दिइँदै आएको उनले बताएका छन् ।
उनका अनुसार यस्ता सेवा र सुविधा देशका विभिन्न स्थानमा सम्बन्धित वडामार्फत उचित प्रक्रिया र आधिकारिक माध्यमबाट उपलब्ध गराइँदै आएको छ । नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर सेवा पुर्याउने प्रयास निरन्तर भइरहेको पनि उनले बताएका छन् ।
शर्माले चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । समाज र राष्ट्रप्रतिको दायित्वलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता सेवा र सहयोगका कार्यक्रम देशभर निरन्तर सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।
साथै उनले बजारमा फैलाइएका हल्ला र भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थासँग आबद्ध प्रतिनिधिसँग सम्पर्क गरी संस्थाको नियम र विधिअनुसार सेवा लिन पनि उनले अनुरोध गरेका छन् ।
शर्मा हालै सम्पन्न निर्वाचनमा मोरङ- ३ बाट उम्मेदवार बनेर रास्वपाका उम्मेदवारसँग पराजित भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।