ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ

२०८२ फाल्गुण २१ विहीवार
सारांश
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज(विहीबार) बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् ।


मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मतदान शान्तिपूर्ण रुपमा भइरहेकोमा खुसी लागेको बताए । उनले यस निर्वाचनले देशमा शान्ति र सुव्यवस्था कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै उनले राजनीतिक र हिंसात्मक गतिविधि नियन्त्रणमा राख्नुपर्नेमा जोड दिएका छन् ।


उनले भने,‘शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । यसमा खुसी लाग्यो । निर्वाचनले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्नेछ । राजनीतिक क्रियाकलाप राजनीतिक र हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्नुपर्नेछ । लोकतन्त्रलाई फेरी उठाएर ल्याएर देशलाई स्थिरतामा ल्याइ सुशासन र विकासको बाटोमा देशलाई लानुपर्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार