- 'सुशासन, सहकार्य र समुन्नति' को नारासहित नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
काठमाण्डौ, ११ फाल्गुण । 'सुशासन, सहकार्य र समुन्नति' को नारासहित नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । सार्वजनिक प्रतिज्ञापत्रमा उनले काठमाडौं–५ को पूर्वाधार विकास, स्वास्थ्य सुधार, डिजिटल रूपान्तरण र सांस्कृतिक प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन् ।
२०७९ सालमा सांसद निर्वाचित भएपछि गरेका प्रतिबद्धता कार्यान्वयनका लागि आफूले इमान्दारीपूर्वक प्रयास गरेको उल्लेख गर्दै पौडेलले चक्रपथ दोस्रो खण्डको निरन्तरता, सामाखुशी-टोखा सडक, विष्णुमति र साङ्लेखोला करिडोरलगायतका योजनामा प्रगति भएको दाबी गरेका छन्। मेलम्ची खानेपानी सेवा चक्रपथ बाहिर विस्तार तथा नयाँ लाइन निर्माणको काम अघि बढेको पनि उनले बताएका छन् ।
शिक्षा क्षेत्रमा सार्वजनिक विद्यालयलाई ‘स्मार्ट स्कूल’मा रूपान्तरण गर्ने, नेवारी र तामाङ मातृभाषासहित मौलिक सीप तथा ज्ञानलाई पाठ्यक्रममा समावेश गर्न स्थानीय तहसँग सहकार्य गर्ने योजना प्रतिज्ञापत्रमा समेटिएको छ। सार्वजनिक-निजी साझेदारीमार्फत प्रविधिमैत्री अध्ययन वातावरण विकास गरिने उल्लेख छ।
स्वास्थ्यतर्फ सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई यसको दायरा विस्तार गर्ने तथा क्षेत्रलाई ‘मेडिकल हब’का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताललगायतका केन्द्रीय अस्पतालको क्षमता विस्तार गरिने योजना छ। बुढानिलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रलाई अत्याधुनिक बनाइने उल्लेख गरिएको छ ।
डिजिटल रूपान्तरणअन्तर्गत क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’का रूपमा विकास गर्ने, एआई र डिजिटल मार्केटिङजस्ता विषयमा उच्चस्तरीय तालिमको व्यवस्था गर्ने तथा व्यवसायमैत्री कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।
पर्यटन र सांस्कृतिक प्रवर्द्धनतर्फ हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, धुम्बाराहीलगायत क्षेत्रलाई खुला संग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना छ। टोखाको बिस्का नखः, पाँहाचर्हे तथा हाँडीगाउँको चोखःते नारायणजात्राजस्ता परम्पराको ब्रान्डिङमार्फत पर्यटन प्रवर्द्धन गरिने उल्लेख गरिएको छ ।
सहरी व्यवस्थापनअन्तर्गत टुकुचा, धोबिखोला, सामाखुशी र साङ्ला खोलाको ढल समस्या समाधान, वर्षाे पानी निकास (स्टोर्म वाटर ड्रेनेज) व्यवस्थापन, सार्वजनिक पार्क विस्तार तथा सुरक्षित सडक अवधारणा कार्यान्वयन गरिने प्रतिबद्धता छ ।
सार्वजनिक यातायात सुधारका लागि तीनै तहको सहकार्यमा मास ट्रान्सपोर्ट प्रणाली, साझा डिजिटल भुक्तानी र रियल टाइम सूचना प्रणाली लागू गरिने योजना सार्वजनिक गरिएको छ। साथै, टोखा-छहरे सुरुङमार्ग र रसुवा-केरुङ राजमार्गलाई व्यापारिक ‘लाइफलाइन’का रूपमा विकास गर्न पहल गर्ने उल्लेख छ ।
यसैगरी सार्वजनिक जग्गाको संरक्षण, भूमिविहीनलाई लालपूर्जा वितरणमा गति, धनेश्वर खेल मैदान स्तरोन्नति तथा भूत्खया दह क्षेत्रको सरकारी जग्गामा पिकनिक र ध्यान केन्द्र विकासजस्ता विषय पनि प्रतिज्ञापत्रमा समेटिएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।