भक्तपुर २ मा राजीव खत्रीको घरदैलो, जनताले मत परिर्वतन गर्न चाहेको दाबी

१० फाल्गुन, २०८२, आइतवार
सारांश
  • घरदैलो कार्यक्रमका क्रममा खत्रीले मतदाताहरुको प्रतिक्रिया सकरात्मक पाइरहेको बताए । उनले सबै जनाले मत परिवर्तन, रुपान्तरण र पुस्तान्तरणका लागि हो भन्ने कुरा बुझेकाले सबै जनताले मत परिर्वतन गर्न चाहेको बताए ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता तथा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजीव खत्रीले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । आइतबार उनले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।

 

घरदैलो कार्यक्रमका क्रममा खत्रीले मतदाताहरुको प्रतिक्रिया सकरात्मक पाइरहेको बताए । उनले सबै जनाले मत परिवर्तन, रुपान्तरण र पुस्तान्तरणका लागि हो भन्ने कुरा बुझेकाले सबै जनताले मत परिर्वतन गर्न चाहेको बताए ।

 

उनले भने, ‘चुनावी घरदैलो कार्यक्रममा आएका प्रतिक्रियालाई सकरात्मक पाइरहेका छौं । सबै जनाले मत परिवर्तन, रुपान्तरण र पुस्तान्तरणका लागि हो भन्ने कुरा बुझ्नु भएको छ । त्यहि अनुसार हार्दिकता देखाएर हामी मत बदल्छु भन्ने अवस्था जनताले देखाउनु भएको छ । मतदाताहरुको अपेक्षा शुसासन हो ।भ्रष्टाचार नियन्त्रणका कुराहरु हुन् । ठूलो अपेक्षा राख्नु भएको छैन ।’

 

मतदातासँगको संवादमा उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार