भैरहवा र पोखरामा हुने भनिएको रास्वपाको चुनावी सभा स्थगित
८ फाल्गुन, २०८२, शुक्रवार
- पार्टी उपसभापति डोल प्रसाद अर्यालले पत्र लेख्दै फागुन ९ गते भैरहवामा र फागुन १० गते पोखरामा गर्ने भनिएको परिवर्तन उदघोष सभा स्थगन गर्ने निर्णय भएको पत्र पठाएका हुन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवा र कास्कीको पोखरामा गर्ने भनिएको चुनावी सभा स्थगन गरेको छ ।
पार्टी उपसभापति डोल प्रसाद अर्यालले पत्र लेख्दै फागुन ९ गते भैरहवामा र फागुन १० गते पोखरामा गर्ने भनिएको परिवर्तन उदघोष सभा स्थगन गर्ने निर्णय भएको पत्र पठाएका हुन् ।
पत्रमा भनिएको छ- प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा परिवर्तन उद्धघोष सभा गर्ने भनिएकोमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगाएतका विषेश कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउदछु । यस निर्णयबाट यहाँहरूमा पर्न सक्ने असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दै यहाँहरूको साथ, सहयोग तथा सहकार्यको अपेक्षा गर्दछु ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’