७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग फागुन २१ को निर्वाचित केन्द्रित भर्चुअल छलफल
२०८२ माघ २० मङ्गलवार
- सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्दै धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव कायम राख्ने विषयमा विशेष जोड दिइएको छ ।
काठमाडौँ: गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले छलफल गरको छ ।
गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा जिल्लागत शान्ति सुरक्षाको अवस्था, 'प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२' को कार्यान्वयन, निर्वाचन आचारसंहिताको परिपालना तथा मतदान स्थलमा खटिने सुरक्षाकर्मी, कर्मचारी र आवश्यक बन्दोबस्तका सामान एवं मतपेटिका ढुवानी व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा सीमा नाकामा उच्च निगरानी राख्ने, छिमेकी मुलुकका समकक्षीसँग समन्वय गर्ने, र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्दै धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव कायम राख्ने विषयमा विशेष जोड दिइएको छ ।
मन्त्रालयका महाशाखा प्रमुखहरू तथा विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको उक्त बैठकले चाडपर्वका समयमा उच्च सुरक्षा सतर्कता अपनाउन र जिल्ला सुरक्षा समितिलाई दिइएका निर्देशनहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशित गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’