चर्चित निर्वाचन क्षेत्र: दाङ-२ को चुनावी गणित, शंकर पोखरेललाई काँग्रेस-रास्वपाको चुनौती
२०८२ माघ २० मङ्गलवार
- नेकपा एमालेका महासचिव शंकर पोखरेल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।
काठमाण्डौ, २० माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक दाङ- २ पनि रहेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।
दाङ -२ बङ्गलाचुली गाउँपालिकाका सबै वडा, घोराही उपमहानगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ देखि १९ सम्म र तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६ देखि १९ वडासम्म समेटिएको छ ।
निर्वाचन आयोगका अनुसार दाङ- २ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ४० हजार ९६५ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५५ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०८२
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी थिइन् । शर्माले काँग्रेसको समर्थनमा २६ हजार ८८० मत प्राप्त गरेकी थिइन् । त्यस्तै एमाले महासचिव शंकर पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका थिए । त्यस्तै रास्वपाका विशाल अधिकारीले १५ हजार ८६१ मत प्राप्त गरेका थिए ।
त्यस्तै २०७९ मा समानुपातिकतर्फ यस क्षेत्रमा एमालेले सबैभन्दा बढी २६ हजार ५६८ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाली काँग्रेसले १९ हजार ५९१ मत पाएको थियो भने रास्वपाले १३ हजार ३३ मत पाएको थियो । त्यस्तै तत्कालिन माओवादी केन्द्रले १० हजार ८२० मत पाएको थियो ।
उम्मेदवार- २०८२
दाङ- २ बाट यस पटक राजनीतिक दल र स्वतन्त्र गरेर कु; २३ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । नेकपा एमालेबाट यस पटक पनि महासचिव शंकर पोखरेल उम्मेदवार बनेका छन् । त्यस्तै यस पटक काँग्रेसले किरण किशोर घिमिरेलाई उम्मेदवार बनाएको छ । त्यस्तै गत चुनावमा जित हासिल गरेकी रेखा शर्मा भने यस पटक उम्मेदवार बनेकी छैनन् ।
यस पटक नेकपाबाट निर्मल आचार्य उम्मेदवार बनेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सहमहामन्त्री विपिन आचार्य उम्मेदवार बनेका छन् ।
निष्कर्ष:
यस पटक सबै दल अलग अलग चुनाव लडेका कारण दल र उम्मेदवारको असली परीक्षा हुने देखिएको छ । गत निर्वाचनमा काँग्रेस- माओवादी केन्द्रको गठबन्धनका कारण एमाले महासचिव पोखरेल १९३ मत अन्तरले मात्र पराजित भएका थिए । समानुपातिक मत तर्फ स्पष्ट रुपमा एमालेको मत धेरै रहेको थियो । यस पटक उनलाई अहिलेको नेकपाबाट कुनै चुनौती नरहेको देखिन्छ । तर उनलाई काँग्रेस र रास्वपाले भने कडा चुनौती दिने देखिएको छ । देशव्यापीरुपमा एमालेप्रति देखिएको नकारात्मक धारणाको असर पनि उनलाई हुने देखिन्छ ।
विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति परिवर्तन गरेको भन्दै काँग्रेसले मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ । त्यस्तै रास्वपाले पनि देशव्यापी लहरको फाइदा उठाउदै पोखरेललाई चुनौती दिने प्रयास गरिरहेको छ । तर पनि स्थानीय मुद्धा र विकास निर्माणका मुद्धामा पहिलो पटक चुनाव लडिरहेका रास्वपा नेता आचार्यले कसरी मतदातालाई आकर्षित गर्छन् भन्ने हेर्न बाँकी छ । यसरी गर्दा दाङ-२ मा गत निर्वाचनको विजेता प्रतिष्पर्धामा नहुदा पोखरेलसहित काँग्रेसका घिमिरे र रास्वपाका आचार्यबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।