राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन पेस

२०८२ माघ १४ बुधवार
सारांश
  • राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा बुधबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ ।

 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा बुधबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।

 

माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबाट १८ जना निर्वाचित भएका छन् ।

 

सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरू सहभागी थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार