टेरामक्स भ्रष्टाचार प्रकरणमा विज्ञ समुह गठन गर्न विशेष अदालतको आदेश

२०८२ माघ १३ मङ्गलवार
सारांश
  • अधिकारिहरूले बताएअनुसार यो समूहले प्राविधिक परीक्षण पुरा गरी अदालतलाई प्रतिवेदन पेश गरेपछि विशेष अदालतले टेरामक्स प्रकरणमा निर्णय दिने भएको छ ।

काठमाडौँ: नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्ध टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन गरेको छ ।

 

मंगलबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले खरिद सम्झौता अनुसार उपकरण जडित भएको वा नभएको परीक्षण गर्न विज्ञ समुह गठन गर्ने आदेश दिएको हो ।

 

विशेष अदालतले परीक्षणका लागि गठन हुने विज्ञ समूहमा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ इन्जिनियर, त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन एन्ड इलेक्ट्रोनिक विषय विज्ञ प्राध्यापक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का विषय विज्ञ हुने आदेश दिएको छ ।

 

अधिकारिहरूले बताएअनुसार यो समूहले प्राविधिक परीक्षण पुरा गरी अदालतलाई प्रतिवेदन पेश गरेपछि विशेष अदालतले टेरामक्स प्रकरणमा निर्णय दिने भएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री एव् कांग्रेसका नेता बस्नेतसहित १९ जनाविरुद्ध गत जेठ २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । गत असार १५ गते  थुनछेक बहसका क्रममा विशेष अदालतले २५ लाख धरौटीमा छोड्न आदेश दिएपछि बस्नेत हाल थुनामुक्त रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार