निर्वाचनमा महिला उमेद्वारको संख्या न्यून: ८९ लाख महिला मतदाता, तर प्रत्यक्षतर्फ उम्मेदवार जम्मा ३९६
२०८२ माघ ११ आइतवार
- निर्वाचन आयोगको तथ्यांक अनुसार यसपटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन्।
नेपालको संविधानले राजनीतिक क्षेत्रमा महिलाको समान सहभागिताको ग्यारेन्टी गरे पनि व्यवहारमा भने त्यो लागू हुन सकेको छैन। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारको संख्या निकै न्यून देखिएको छ, जसले राजनीतिक दलहरूको समावेशी नारामाथि प्रश्न उठाएको छ।
निर्वाचन आयोगको तथ्यांक अनुसार यसपटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन्। जसमा महिला मतदाताको संख्या करिब ८९ लाख छ। मतदाताको हिसाबले महिला र पुरुषको संख्या करिब बराबर देखिए पनि ३ हजार ४ सय ८७ उम्मेदवारमध्ये महिलाको संख्या जम्मा ३९६ (करिब ११ प्रतिशत) मात्रै छ। तीमध्ये २३५ जना दलबाट र १६० जना स्वतन्त्र चुनावी मैदानमा छन्।
महिला नेतृहरूका अनुसार दलहरूले समानुपातिक कोटाबाट महिलाको संख्या त पुर्याउँछन्, तर प्रत्यक्ष निर्वाचनमा टिकट दिन हिचकिचाउँछन्। काठमाडौं–९ की उम्मेदवार नानु बास्तोला भन्छिन्, "हामी समानताको कुरा गर्छौँ तर कार्यान्वयनमा गम्भीर छैनौँ। महिलाको क्षमता वृद्धिका लागि उनीहरूलाई प्रत्यक्ष निर्वाचनमै पठाउनुपर्छ।"
यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीकी नेतृ निर्मला गौतमका अनुसार महँगो निर्वाचन प्रणाली र "महिलाले चुनाव जित्दैनन्" भन्ने सामाजिक भ्रमका कारण महिलाहरू पछि परेका हुन्। पैतृक सम्पत्तिमा पहुँच नहुनु र भ्रष्टाचार नगर्ने स्वभावका कारण खर्चिलो चुनाव महिलाका लागि चुनौती बनेको उनको तर्क छ। संविधानले बाध्यकारी बनाएका पदमा मात्र महिलालाई सीमित नगरी निर्णायक तह र प्रत्यक्ष प्रतिस्पर्धामा अवसर दिनु नै अहिलेको मुख्य आवश्यकता देखिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।