‘राष्ट्रिय एकताालाई ध्यानमा राख्दै जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान गरौं’

२०८२ माघ ०९ शुक्रवार
सारांश
  • राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै वर्तमान समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

काठमाण्डौ, ९ माघ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै वर्तमान समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

 

शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औं अधिवेशनमा बोल्दै उनले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त लक्ष्य हासिल गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

 

उनले भने,‘जेनजी पुस्ताको भ्रष्टाचारविरुद्धको आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्नुपर्ने छ । युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने नै हो ।’

 

उनले राष्ट्रिय सभामा विगतदेखि नै हुँदै आएका असल अभ्यासहरूलाई अझै सुदृढ र व्यवस्थित गर्नुपर्ने बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार