समानुपातिक बन्दसूचीका ३ हजार २१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ०५ सोमवार
सारांश
  • निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका ३ हजार २१३ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

काठमाण्डौ, ५ माघ । निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका ३ हजार २१३ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

 

आयोगका अनुसार यसअघि उम्मेदवारी दिएका २११ जनाको उम्मेदवारी काटिएको छ । समानुपातिकअन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिह्नमा भाग लिने गरी ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेस गरेका थिए । पेस गरिएको बन्दसूचीबाट जाँचबुझ, राजनीतिक दलले संशोधनसहित पेस गरेको र उम्मेदवार आफैंले फिर्ता लिएको गरेर २११ जनाको नाम हटेको हो ।

 

यो सँगै समानुपातिकतर्फको बन्दसूचीमा ३ हजार २१३ उम्मेदवारको प्रारम्भिक नामावली कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

 

त्यस्तै आयोगले बन्दसूचिमा नाम समावेश भएकाकुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबि विरोध  माघ १० गतेसम्म गर्न सकिने जानकारी दिएको छ ।

 

बन्दसूचीको नामावली हेर्ने लिंक:

 

https://election.gov.np/admin/public//storage/HOR%202082/PR/PreliminaryCandidateListPR.pdf
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार