उम्मेदवार सूचीमा नाम नपरेपछि योगेशको आग्रह-‘विचलित नहुनू’

२०८२ माघ ०४ आइतवार
सारांश
  • सचिवालय बैठकले भट्टराई र गोकुल बाँस्कोटालाई उम्मेदवारको सूचीमा समावेश नगरेपछि उनले सामाजिक सञ्जालमार्फत उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेका हुन्।

काठमाडौँ: नेकपा एमालेले प्रतिनिधिसभाका उम्मेदवार टुंग्याएसँगै उत्पन्न विवादबीच उपमहासचिव योगेश भट्टराईले नेता-कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका छन्। 

 

सचिवालय बैठकले भट्टराई र गोकुल बाँस्कोटालाई उम्मेदवारको सूचीमा समावेश नगरेपछि उनले सामाजिक सञ्जालमार्फत उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेका हुन्।


भट्टराईले लेखेका छन्, ‘पार्टीको निर्णय सुनेर विचलित नहुनुहोस्। उच्च मनोबलका साथ एमाले उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।’


अघिल्लो निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भट्टराईले यसपटक टिकट नपाउँदा उपाध्यक्ष गोकर्ण विष्टले भने गुल्मी–२ बाट पुनः अवसर पाएका छन्। आगामी निर्वाचनमा अध्यक्ष केपी शर्मा ओली झापा–५ र उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट चुनावी मैदानमा उत्रिने निश्चित भएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार