- उनले उज्यालो नेपाल पार्टीले आफ्नो बाटो आफै लिने बताउदै आफु अत्यन्त लचक भएर त्याग गर्दा पनि त्यसलाई आफ्नो कमजोरीको रुपमा लिएको बताए ।
काठमाडौं: उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी रुपमा एकता भंग गरेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलन गर्दै घिसिङले आफुहरुलाई एकतापछिको १२ दिन पीडादायी भएको बताउदै आज एकतर्फी रुपमा एकता भंग गरेको आरोप लगाएका हुन् । उनले रास्वपाले सहमति भंग गरेको भन्दै उनले १२ दिनसम्म हाम्रो अभियानलाई ब्लक गरेर ठुलो क्षति पुर्याएको समेत आरोप लगाए । उनले उज्यालो नेपाल पार्टीले आफ्नो बाटो आफै लिने बताउदै आफु अत्यन्त लचक भएर त्याग गर्दा पनि त्यसलाई आफ्नो कमजोरीको रुपमा लिएको बताए ।
घिसिङले भने- ' म आज अत्यन्त मर्माहत भएको छु । यस बिचमा अगाडी बढौं भने उहाँहरुले अगाडी बढ्न नदिने, पछाडी जाउ भने जान नसक्ने, हामीलाई १२ दिन अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेका थियौं ।'
जनताको भावनालाई कदर गर्नुपर्छ भनेर आफुहरु सहमतिमा गएको भएपनि सहमति कार्यान्वयन नभएको र एकतर्फी रुपमा सहमति तोडिएपछि आफुहरु आफ्नै किसिमले अगाडी बढ्ने बताए । उनले उज्यालो नेपाल पार्टीले १६५ सिटमै उम्मेदवार उठाउछौं र छोट समय भएकाले आफ्नो निर्वाचन अभियान अगाडी बढाउने बताए ।
उज्यालो नेपाल पार्टीले आजदेखि औपचारिक रुपमा घिसिङलाई अध्यक्षमा नियुक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’