विश्वप्रकाश भन्छन्- विधान कार्यान्वयन गर्न र पार्टीलाई नविन आत्मविश्वास भर्न विशेष महाधिवेशन हुन्छ

२०८२ पुष २४ गते विहीवार
सारांश
  • विहिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनमा सहभागी हुन देश भरका काँग्रेसका महाधिवेशन प्रतिनिधि र नेता तथा कार्यकर्तालाई आव्हान गर्दै विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गरेका हुन् ।

काठमाडौं :नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् । 

 

विहिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनमा सहभागी हुन देश भरका काँग्रेसका महाधिवेशन प्रतिनिधि र नेता तथा कार्यकर्तालाई आव्हान गर्दै विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गरेका हुन् ।

 

महामन्त्री शर्माले पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने बताउदै काँग्रेसको विधान कार्यान्वयन गर्न र पार्टीलाई नविन आत्मविश्वास भर्न विशेष महाधिवेशन गर्न लागेको स्पष्ट गरेका छन् ।  

 

उनले भनेका छन्- 'विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन, त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबभन्दा पहिला विश्वप्रकाश शर्मा बाहिर निक्लनेछ। अनि सबै सँगै निक्लौंला । पार्टीलाई विभाजन हुनबाट जोगाउँला । विधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन, बरु पार्टीको विधानको रक्षा गर्नु हो।’

 

महामन्त्री शर्माले अगाडी भनेका छन्- 'यो संवेदनशील घडिमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ। अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृष्टि, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नु परेको छ ।’

 

उनले भदौ २२ अगाडिको नेपाल अहिले नभएको बताउँदै समय, परिस्थिति, हाम्रो चुनौती र  दायित्व सबै बदलिएको अवस्थामा नयाँ संकल्प लिनुपर्ने र विशेष परिस्थिति, विशेष निर्णय, विशेष महाधिवेशन गर्न लागेको बताएका छन् ।

 

दुई महामन्त्रीसहित विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारी तिब्र पारेपछि संस्थापन पक्षले भने नेता तथा कार्यकर्तालाई विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा सहभागी नहुन अपिल गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार