यी हुन् एमालेका राष्ट्रिय सभा उम्मेदवार

२०८२ पुष २३ गते बुधवार
सारांश
  • राष्ट्रिय सभाका १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।

काठमाडौँ: नेकपा एमालेले राष्ट्रिय सभाका लागि ६ उम्मेदवार छानेको छ ।

 

नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभाको सदस्यको निर्वाचनका लागि कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन भएको हो ।

 

राष्ट्रिय सभाका १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । यस निर्वाचनमा एमाले, काँग्रेस, नेकपा र जसपा नेपालले तालमेल गरेर जाने बताए पनि अहिलेसम्म सहमति हुन नसकेको बुझिएको छ ।

 

यस अघि कांग्रेस र एमालेले ७-७ सिट लिने, त्यस्तै नेकपाले ३ र जसपाले एक सिट लिने गरि छलफल भएको बताइएको छ । चारै दलबीच अहिले पनि छलफल जारी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार