- समानुपातिक सुचिमा पछाडी परेका नेतालाई फेरी पनि बेवास्ता गरिएको भन्दै असन्तुष्टि बढेको हो ।
काठमाडौँ : राप्रपाको समानुपातिक सूचीप्रति आन्तरिक विवाद बढेको छ ।
समानुपातिक सुचिमा पछाडी परेका नेतालाई फेरी पनि बेवास्ता गरिएको भन्दै असन्तुष्टि बढेको हो । राप्रपाले बुझाएको समानुपातिक सूचीमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ श्रीमती तथा राप्रपा महिला संगठनकी नेता सरस्वती लामाको नाम राखिएको प्रति विवाद भएको छ ।
राप्रपाका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालबाटै समानुपातिकको सूची सच्याउन आग्रह गर्दै पार्टीले थ्रेसहोल्ड कटाएन भने के हुन्छ भन्दै नेतृत्वलाई चेतावनी नै दिएका छन् ।
उनले नेताका श्रीमती र अवसरका लागि पार्टी छोडेकालाई प्रमुख स्थानमा राखिनु दुर्भाग्य भएको उल्लेख गरेका छन् । उनले भनेका छन्- 'राप्रपा भित्रका समानुपातिक सूचीको लिस्ट सच्याउन बेलैमा अनुरोध गर्दछु सच्याउने अझै समय छ नेताका श्रीमती र अवसरका लागि पार्टी छोडेकालाई प्रमुख स्थानमा राखिनु दुर्भाग्य हो सामानुपातिक व्यवस्था भनेको सम्पन्नका लागि होइन बिपन्नको लागि हो यसको दुरुपयोग नगर्न सबैलाई अनुरोध गर्दछु । यस्ता गतिविधिले तपाईंहरुको परिवार त बन्ला तर पार्टी बन्दैन यदि पार्टीले थ्रेसहोल्ड कटाएन भने हालत के हुन्छ बेलैमा सोच्नुहोस ।'
त्यसैगरी हालै एकता भएको राप्रपा नेपालतर्फका नेताहरुलाई पनि समानुपातिकमा नसमेटिएको भन्दै असन्तुष्टि बढेको छ । राप्रपा नेपालले दिएको सूचीलाई बेवास्ता गरिएको आरोप लगाइएको छ । स्रोतका अनुसार राप्रपा नेपालले कमल थापासहित करिब ४० जनाको नाम दिएपनि समानुपातिकको सूचीमा कमल थापालाई राखिएको छैन भने राप्रपा नेपालका राखिएका नाम पनि पुछारमा राखिएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।