- छानबिन मार्फत सत्य उजागर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेका छु ।'
काठमाडौँ: भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले जेनजी अभियन्ता सुदन गुरुङसँग बयान लिएको छ । आयोगले आइतबार गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सन्दर्भमा गुरुङसँग बयान लिएको हो ।
सुदनले हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबार सम्बन्धी हाल सम्मका सम्पूर्ण कागजातको ढण्डासहित छानबिन आयोगमा उपस्थित भएको जानकारी दिएका छन् । उनले आफुहरुमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाण सहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको जानकारी दिदै भनेका छन्- 'सत्य कहिल्यै डराउँदैन। छानबिन मार्फत सत्य उजागर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेका छु ।'
आफ्नो अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले सोमबार तत्कालिन गृहमन्त्री रमेश लेखकको बयान लिदैछ । त्यसपछि आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’