एमालेको ११औं महाधिवेशन आजदेखि, भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोह
२०८२ मङ्सिर २७ शनिवार
- नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि शुरु हुदैछ । महाधिवेशनको उद्घाटनसत्र आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुने एमालेको सचिवालय बैठकले निर्णय गरेको छ ।
काठमाण्डौ, २७ मङ्सिर । नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि शुरु हुदैछ । महाधिवेशनको उद्घाटनसत्र आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुने एमालेको सचिवालय बैठकले निर्णय गरेको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले शुभकामना दिने र उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै महाधिवेशनमा विदेशी पार्टीबाट आएका शुभकामना सन्देश पढेर सुनाइने तर विदेशी दलका प्रतिनिधिहरु नबोलाइएको उनले बताए ।
यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार महाधिवेशन भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति २४ वटा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा रहनेगरी व्यवस्था गरिएको र उद्घाटनको दिनको जनसभालाई व्यवस्थित बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने बताएका छन् ।
त्यस्तै जनपरिचालनका संयोजक डा. राजन भट्टराईले महाधिवेशनमा देशभरबाट झन्डै ३ लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने र कार्यक्रममा सहभागी हुन आउने नेता तथा कार्यकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको जानकारी दिएका छन् ।
त्यस्तै महाधिवेशनको दोस्रो दिन आइतबार काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएको छ । बन्दसत्रको अध्यक्षता १८ जना सचिवालयका सदस्यहरुले गर्ने भएका छन् । त्यस्तै महाधिवेशनबाट पार्टीले पारित गर्ने प्रस्तावको समायोजन गर्न उपमहासचिव प्रदिप ज्ञवालीको संयोजकत्वमा कमिटी बनाइएको र पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा माइन्युटिनङ कमिटी गठन गरिएको ज्ञवालीले जानकारी दिएका छन् ।
त्यस्तै एमालेको महाधिवेशनमा विधान संशोधन नहुने र गत भदौमा सम्पन्न विधान महाधिवेशनले तय गरे अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीको नै नेतृत्व छनौट हुने भएको छ ।
एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी हुने भएका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनित गरेको छ । एमालेमा २० प्रतिशत भन्दा बढी ४० बर्षका मुनीका प्रतिनिधि छानिएको र सोहि अनुसारनै केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने उपमहासचिव ज्ञवालीले जानकारी दिएका छन् । उनले केन्द्रीय कमिटीमा ४० बर्ष मुनिका कति प्रतिशत प्रतिनिधित्व गर्ने भन्ने बन्दसत्रमै छलफल हुने र निर्णय लिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’