राप्रपाले आज रत्नपार्कमा जनप्रदर्शन र बृहत सभा आयोजना गर्दै
२०८२ मङ्सिर २३ मङ्गलवार
- राप्रपाले आज बिहान ११ बजेदेखि काठमाडौँको रत्नपार्कमा जनप्रदर्शन र बृहत सभाको आयोजना गर्न लागेको हो ।
काठमाण्डौ, २३ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज जनप्रदर्शन र बृहत सभा आयोजना गर्न लागेको छ । राप्रपाले आज बिहान ११ बजेदेखि काठमाडौँको रत्नपार्कमा जनप्रदर्शन र बृहत सभाको आयोजना गर्न लागेको हो ।
राप्रपाले आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलनको प्रमुख मागसहित आजको प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।
त्यस्तै राप्रपाले अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन र जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेको उनले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’