प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेबाट सर्वोच्चमा निवेदन

२०८२ मङ्सिर ०९ मङ्गलवार
सारांश
  • प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।

काठमाडौं : नेकपा एमाले प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको छ । 

 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।

 

एमालेका तर्फबाट महेश बर्तौला र सुनिता बरालले सर्वोच्चमा रिट पेश गरेका हुन् । विघटित प्रतिनिधि सभाको एमाले संसदीय दलले बर्तौला र बराललाई सर्वोच्चमा रिट दायर गर्ने अख्तियारी प्रदान गरेको थियो ।

 

प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि नै १७ वटा रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार