पुराना पुस्ताका नेताले ढंग पुराएनन्, सधन्यवाद बिदा गरौँ- मन्त्री पुन
२०८२ कार्तिक २९ शनिवार
- सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री पुनले पुराना पुस्ताका नेताहरूलाई सधन्यवाद विदा गर्न समेत आग्रह गरेका छन् ।
काठमाडौँ : शिक्षामन्त्री महावीर पुनले पुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग नपुर्याएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री पुनले पुराना पुस्ताका नेताहरूलाई सधन्यवाद विदा गर्न समेत आग्रह गरेका छन् ।
साथै उनले फाल्गुन २१ गते हुने आम चुनावमा भाग लिई युवा पुस्ताका नेताहरूलाई छानेर सरकार बनाउन समेत सबैमा आग्रह गरेका छन् ।
उनले भनेका छन्:
१८ वर्ष पुगेका र अहिले सम्म भोटर लिस्टमा नाम दर्ता नगरेका सम्पूर्ण युवाहरुलाई आगामी मंगसीर ५ गते सम्म कुनै पनि हालतमा नाम दर्ता गर्न अनुरोध गर्दछु । फाल्गुन २१ गते हुने आम चुनावमा भाग लिई युवा पुस्ताका नेताहरूलाई छानेर सरकार बनाउन जोडदार माग गर्दछु । पुराना पुस्ताका नेताहरुले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग पटक्कै ल्याएनन् । पुराना पुस्ताका नेताहरूलाई सधन्यवाद विदा गरौं ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’