पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत

२०८२ कार्तिक २५ मङ्गलवार
सारांश
  • पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राखे ।

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 


पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राखे । 


उनले भने,‘हाम्रो पार्टीभित्र सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने आफ्नै साथीभाईलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति छ, त्यो आत्माघाती छ । अहिले संकटको बेला पार्टी एकजुट भएर निर्वाचनमा होमिनुपर्छ । ’


त्यस्तै उनले महाधिवेशनको विषयमा केही निर्णय भइनसकेको भन्दै बैठकको अन्तिम दिनसम्म सबैको एकमत निर्णय आउने जानकारी दिए । राष्ट्रिय निर्वाचनको संघारमा आन्तरिक निर्वाचन उपयुक्त नहुने उनको भनाई छ । 


‘यतिबेला महाधिवेशन प्रमुख विषय बनेको छ । १५ औं अधिवेशन गर्नुपर्छ भन्नेमा सबैको एकमत छ । तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन कति उपयुक्त छ र सँगै त्यसको लागि यथेष्ट छलफल पुगेको छैन् । बैठकको अन्तिमसम्म एकतापूर्ण निष्कर्षमा हामी पुग्छौं,’ उनले भने । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार