- पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वर्तमान सरकारको कार्यशैलीप्रति हस्तक्षेप गर्न आग्रह गरेका छन्।
काठमाडौं : पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वर्तमान सरकारको कार्यशैलीप्रति हस्तक्षेप गर्न आग्रह गरेका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै अब लामिछाने आफैंले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आएको बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खरेलले प्रधानमन्त्री बालेन र उनको टिमको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनले रवि लामिछानेलाई सम्बोधन गर्दै पार्टीको नेतृत्वमा मात्र सीमित नभई सरकारको जिम्मेवारीसमेत लिन अघि बढ्न आग्रह गरेका छन्।
खरेलले सरकारमा बिचौलियाको प्रभाव बढेको र राज्यका महत्वपूर्ण संस्थाहरूलाई कमजोर बनाउने गतिविधि भइरहेको आरोप लगाएका छन्। जेनजी आन्दोलनपछि प्राप्त जनसमर्थन र दुई तिहाइको जनादेशअनुसार सरकारले काम गर्न नसकेको उनको टिप्पणी छ।
उनले नेपाली कांग्रेसका सभापति गगन थापामाथि भइरहेको राजनीतिक गतिविधिप्रति पनि आपत्ति जनाएका छन्। सरकारलाई प्रश्न गर्नु र खबरदारी गर्नु प्रतिपक्षको लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्दै खरेलले त्यसलाई कमजोर पार्ने प्रयास लोकतन्त्रका लागि सकारात्मक नहुने बताएका छन्।
खरेलका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकारलाई जवाफदेही बनाउन प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ। सरकारका निर्णय र गतिविधिमाथि प्रश्न उठाएकै आधारमा कसैलाई निशाना बनाइनु उचित नभएको उनको धारणा छ।
त्यस्तै, गगन थापाले पार्टीको आधिकारिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च गरेको भन्ने आरोप तथा सर्वोच्च अदालतका न्यायाधीशको नाम जोडेर भइरहेका प्रचारप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्। यस्ता विषयको निरूपण सामाजिक सञ्जालको प्रचारबाजीबाट नभई प्रमाण र कानुनी प्रक्रियाबाट हुनुपर्ने खरेलको भनाइ छ।
आफ्नो अभिव्यक्तिको अन्त्यमा उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै ‘बालेन, दिस इज नट डन’ भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि दोहोर्याएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
-
ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता
-
अभियान संयोजक पन्तको टिप्पणीः “भारतसंग डिल गर्न फेसबुकबाजी होइन, कूटनीतिक चालबाजी चाहिन्छ ।”
-
भारतीय विदेश सचिवसँग बालेनको भेट, कूटनीतिक प्रोटोकल फेरियो
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।