- मुभमेन्टका प्रवक्ता विजय साहले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङलाई बर्खास्त गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको हो ।
काठमाडौँ : जेन-जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ ।
मुभमेन्टका प्रवक्ता विजय साहले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङलाई बर्खास्त गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको हो ।
घिसिङसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड बराबर नोक्सान हुने गरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै जेन–जी मुभमेन्टले उनलाई बर्खास्त गर्न माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ- 'ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ। विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’
जेन–जी मुभमेन्टले प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्न माग पनि गरेको छ ।
मुभमेन्टले जेन-जी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरु देश लुट्न उद्धत रहेको पुरा यसबाट पुष्टि भएको भन्दै घिसिङ र सिलवाललाई कारवाही नगरेकठोर संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।