संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने

२०८२ कार्तिक २५ मङ्गलवार
सारांश
  • मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकपछि समितिका सभापति तुलसा कुमारी दहालले उक्त जानकारी दिँदै, तीन तहबीच कानुनी समन्वयमा देखिएका जटिलता तथा व्यवहारिक चुनौतीबारे प्रदेशमा प्रत्यक्ष अध्ययन आवश्यक रहेको बताइन् ।

काठमाडौं:राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय, प्रदेश र स्थानीय तहबीचको विधायिकी समन्वय तथा अन्तरसम्बन्धको अध्ययन गर्न सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेको छ ।

 

मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकपछि समितिका सभापति तुलसा कुमारी दहालले उक्त जानकारी दिँदै, तीन तहबीच कानुनी समन्वयमा देखिएका जटिलता तथा व्यवहारिक चुनौतीबारे प्रदेशमा प्रत्यक्ष अध्ययन आवश्यक रहेको बताइन् ।

“संघीय इकाइबीचको विधायिकी अन्तरसम्बन्ध विषयमा प्रदेश र स्थानीय तहमा प्रत्यक्ष अध्ययन गर्नका लागि सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेका छौं,” सभापति दहालले भनिन् ।

 

बैठकले अध्ययन भ्रमणको मिति भने कार्यपरामर्श समितिले तोक्ने जनाएको छ । कार्यपरामर्श समिति बुधबार बस्ने निर्धारित भएको छ । सो अवसरमा समितिको वार्षिक प्रतिवेदनसम्बन्धी विषयमा पनि छलफल भएको समितिले जनाएको छ । समितिले अध्ययनपछि प्रतिवेदन तयार पारेर संबंधित निकायलाई आवश्यक सुझावसमेत दिने तयारी गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार