फुटको संघारमा एकीकृत समाजवादी, एक दर्जनभन्दा बढी माओवादीसँग एकताको विपक्षमा

२०८२ कार्त्तिक १४ शुक्रवार
सारांश
  • एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नु पर्ने र एमालेमै फर्किने वा पार्टी पुनर्गठन गर्ने गरि दुई स्पष्ट धार देखा परेको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले विचार मिल्नेसँग एकता गर्न ढिला गर्न नहुने भन्दै माओवादी केन्द्रसँग छिटो एकता हुने संकेत गरेका थिए ।

काठमाडौं : नेकपा एकीकृत समाजवादी फुटको संघारमा पुगेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अगाडी बढाएपछि सम्मानित नेता झलनाथ खनालसहितका दर्जनभन्दा बढी नेता यस एकताको विपक्षमा उभिएका हुन् ।

 

एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नु पर्ने र एमालेमै फर्किने वा पार्टी पुनर्गठन गर्ने गरि दुई स्पष्ट धार देखा परेको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले विचार मिल्नेसँग एकता गर्न ढिला गर्न नहुने भन्दै माओवादी केन्द्रसँग छिटो एकता हुने संकेत गरेका थिए ।

 

अध्यक्ष नेपालको धारणाको विपक्षमा सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसालसले आफ्नो धारणा राखेका थिए ।

 

त्यस्तै स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामासहितका नेताहरु माओवादी केन्द्रसँगको एकताको विपक्षमा उभिएका छन् ।

 

केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकताबारे निर्णय गरे पार्टी फुट्नसक्ने संकेत नेतृ झाँक्रीले सामाजिक सञ्जालआमा लेखेकी छन्: 'व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ, इतिहासको वास्तविकता यस्तै छ । मान्छे नै थपेर बहुमत पुर्‍याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्नेचाहिँ होइन ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार