आफुलाई थुन्न आयोग बनाइयो, बयान दिन जान्न- ओली

२०८२ कार्त्तिक ०२ आइतवार
सारांश
  • काठमाडौँमा आयोजित सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भन्नेलाई नै छानबिनको जिम्मा दिइएको बताएका छन् । साथै उनले यस्तो आयोगलाई आफुले बयान नदिने स्पष्ट गरेका छन् ।

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफुलाई थुन्न आयोग बनाइएको आरोप लगाएका छन् ।
 

काठमाडौँमा आयोजित सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भन्नेलाई नै छानबिनको जिम्मा दिइएको बताएका छन् । साथै उनले यस्तो आयोगलाई आफुले बयान नदिने स्पष्ट गरेका छन् । उनले भने- 'कसले कस्ता आयोग बनाउछ त्यस्तो आयोगमा केपी ओली बयान दिन जादैन ।' 
 

ओलीले आफ्नो सरकारले सामाजिक सञ्जाल बन्द गरेको विषयमा बोल्दै भने- 'डेढ वर्षदेखि नेपालमा अनुत्तरदायी भएर चलाउन पाइँदैन, दर्ता हुनुपर्छ । लिखिति, मौखिक पत्राचार गरेका थियौँ  । राष्ट्रको स्वाभिमान हुँदैन ? आदत लागेको छ । हत्तपत्त म कुनै पनि कुराको एडिक्ट हुन्न । देशको स्वाभिमान भन्दा ठूलो मेरो आदत हुँदैन ।'
 

उनले पार्टीको नेतृत्व गर्नसक्ने सयौं मानिस रहेको बताउदै एमालेमा नेतृत्वको अभाव नरहेको बताए । उनले पार्टीमा अहिले कप्तान ओली नै हो भन्ने राय रहेकोले आफु नेतृत्वमा रहेको स्पष्ट गरे ।  उनले पार्टी नेतृत्व छोड्ने विषय समय र आवश्यकताको कुरा भएको भन्दै अमेरिका, भारत, चीनलागायतका देशमा आफु भन्दा बढी उमेरका व्यक्तिहरुले नेतृत्व गरिरहेको उदाहरण दिएका थिए ।
 

ओलीले देश र जनताप्रति आफू बफादार भएको पनि बताउदै त्यो कसैलाई मन नपर्नु व्यक्तिगत कुरा भएको टिप्पणी गरे  ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार