- प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ललितपुरमा जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव र आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी रहेको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ललितपुरमा जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव र आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।
आजको बैठकमा सदस्यहरुले राखेपछि पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ जना नेताहरु रहेका छन् ।
बैठकको अन्त्यमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुबाट आएका धारणाको जवाफ दिएर बैठक समापन हुने गौतमले बताए । बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गर्दैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’