नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार भए :प्रधानमन्त्री कार्की

२०८२ असोज २९ बुधवार
सारांश
  • बुधबार प्रधानमन्त्री कार्कीले  विपिनको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले स्तब्ध भएको बताउदै अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उनको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका र उनको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख गरेकी छन् ।

काठमाडौँ : प्रधानमन्त्री सुशिला कार्कीले विपिन जोशीको मृत्युको पुष्टि भएकोप्रति स्तब्ध भएको बताउदै सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनेको बताएकी छन् ।

 

बुधबार प्रधानमन्त्री कार्कीले  विपिनको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले स्तब्ध भएको बताउदै अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उनको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका र उनको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख गरेकी छन् ।

 

प्रधानमन्त्री कार्कीले बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उनले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाएको कुराले सबैलाई विपिन सदा कृतज्ञ बनाएको र उनको यो वीरतापूर्ण कार्य उनको जीवनको सबैभन्दा ठूलो विरासत भएको बताएकी छन् । साथै उनले  विपिनलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्ने समेत बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले भनेकी छन्:

 

बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबिच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले म स्तब्ध भएकी छु । यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।

 

विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो । उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो ।

 

सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ। उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए । उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ ।

 

उहाँ त अब हामीमाझ रहनुभएन । तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँ सदा कृतज्ञ बनाएको छ । उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीक का रूपमा जीवित राख्नेछ । विपिन जोशीको आत्माले शान्ति पाओस्। उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार