महाधिवेशनबाटै नेतृत्व परिवर्तनको प्रक्रियामा जाने एमालेको निष्कर्ष
२०८२ असोज २४ शुक्रवार
- सरकारले राजनीतिक दलहरुलाई निषेध गर्न खोजेको आरोप लगाएका छन् ।
काठमाडौँ: नेकपा एमालेले महाधिवेशनबाटै नेतृत्व परिवर्तन गर्ने प्रक्रियामा जाने निष्कर्ष निकालेको छ ।
शुक्रबार बसेको सचिवालय बैठक बारे जानकारी दिदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेतृत्वका विषयमा उठेका विषयमा छिटै महाधिवेशन गरेर सम्बोधन गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन् । उनले यस बारेमा पार्टीमा स्पष्ट प्रस्ताव ल्याउने समेत बताए ।
त्यस्तै बैठकमा सरकारले देशलाई निर्वाचन तिर होइन थप द्वन्दतिर धकेल्न खोजेको विषयमा छलफल भएको बताउदै ज्ञवालीले सरकारले राजनीतिक दलहरुलाई निषेध गर्न खोजेको आरोप लगाएका छन् ।
ज्ञवालीले निर्वाचनमा जाने विषयमा निर्णय गर्ने बताउदै सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । उनले आफुहरु विभिन्न दलहरुसँग संवादमा रहेको भन्दै समान धारणा बनाउन प्रयत्न गर्ने बताए ।
उनले नेतृत्व परिवर्तन गर्ने कुरा पार्टीमा उठेको भन्दै संकटको बेलामा नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने र युवाहरुको भावनाको पनि सम्मान गर्नुपर्ने अवस्था रहेकोले महाधिवेशनसम्म जादा सबैको विषय सम्बोधन हुने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।