हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल

२०८२ असोज २३ बिहीवार
सारांश
  • विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए ।

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् ।

 

विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए ।

 

उनले भने, ‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ । हुलाकलाई प्रतिस्पर्धी बनाउनु पर्छ र व्यवसायकि बनाउनुपर्छ । हामीले जुन अभियान अगाडि बढाउदैँ छौ यो सबै कुराहरुले मात्र विश्वव्यापी पहुँच पु¥याउन सक्छौ । विश्वको सबै कुनामा रहेको नेपालीहरुसम्म हुलाकको पहुँच भयो भने बद्लिदो समय अनुसार स्मार्ट हुलाकको जुन कुरा गरेका छौ यसलाई सार्थक बनाउन सक्छौ ।’

 

यस्तै, उनले हुलाकको आवश्यकता र सार्थकता नमरेको भन्दै यसलाई समय अनुकुल अगाडि बढाउन नेपाल सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको बताए । 

 

उनले भने, ‘हुलाकको आवश्यकता र सार्थकता मरेको छैन् । यसलाई समय अनुकुल बनाउदैँ जानुपर्छ भन्ने कुरामा जसरी काम गर्नु भएको छ त्यसमा सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको छ ।’

 

साथै, उनले नीतिगत, संरचनागत विषयमा गर्नुपर्ने कामहरु र अन्य कार्यान्वयनको पाटोमा के के काम कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा सरकार सबैजनासँग बसेर सहकार्य गर्न तयार रहेको बताए ।

 

इतिहास बोकेको पुरानो र गर्भिलो इतिहास बोकेको संस्थामा आएर यो दिवस मनाउन पाउदा र चार वटा हुलाक टिकटमा टाँचा लगाई राख्दा एकदमै खुसी लागेको पनि उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार