- पार्टीका प्रवक्ता मनिष झाका अनुसार, उद्धार तथा राहत कार्यमा रास्वपाका सम्पूर्ण संयन्त्रहरू राज्य संयन्त्रसँग समन्वयमा रही सिप, स्रोत र जनशक्तिको पूर्ण प्रयोगसहित क्रियाशील रहँदै आएका छन् ।
काठमाडौं : देशका विभिन्न भागहरू, विशेषगरी मध्यम तथा पूर्वी भूभाग, हालसालैको अत्यधिक वर्षाबाट सिर्जित बाढी, पहिरो, सडक अवरोध र अन्य दुर्घटनाहरूले प्रभावित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर सरोकार व्यक्त गर्दै राहत र उद्धारमा थप सक्रियता ल्याउन आज साँझ ७ बजे भर्चुअल बैठक आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार, उद्धार तथा राहत कार्यमा रास्वपाका सम्पूर्ण संयन्त्रहरू राज्य संयन्त्रसँग समन्वयमा रही सिप, स्रोत र जनशक्तिको पूर्ण प्रयोगसहित क्रियाशील रहँदै आएका छन् ।
आजको बैठकका मुख्य एजेन्डाहरू नेपालभित्र तथा प्रवासमा रहेका सबै सदस्यहरूलाई बैठकमा सहभागी हुन आह्वान गरिएको छ ।
जिन्सी सामग्रीको सहयोग गर्न इच्छुक सदस्यहरूले सम्बन्धित सरकारी निकायमार्फत वितरणको तयारी र विवरणसहित बैठकमा सहभागी हुने तथा आर्थिक सहयोग गर्न चाहनेले नेपाल सरकारले तोकेको खातामा रकम जम्मा गरी सो विवरण बैठकमा प्रस्तुत गरिने छ ।
अझै जोखिममा रहेका जिल्लाहरूमा आवश्यक सहयोगको प्राथमिकता पहिचान गरी त्यससम्बन्धी विवरणसहित बैठकमा सहभागी हुन आग्रह गरिएको छ ।
रास्वपाले सबै सदस्य र सरोकारवालालाई विपद् व्यवस्थापनमा जुट्न आह्वान गर्दै मानवीय संवेदनशीलता र सहकार्यको खाँचो औंल्याएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।