एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो

२०८२ असोज ०३ शुक्रवार
सारांश
  • पार्टी र देशका लागि निक्कै सङ्कटको अवस्था आएको बताउँदै यो सङ्कटसँग जुध्न सबै एक भएर लाग्नुपर्ने बताइन् ।

रामेछाप । नेकपा एमाले रामेछापले संविधान रक्षाको लागि ¥यालीसहित कार्यकर्ता भेला आयोजना गरेको छ । 


नेकपा एमाले रामेछापको आयोजनामा शुक्रबार मन्थलीमा ¥याली तथा अन्तरक्रिया गरिएको हो । राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा सहित प्लेकार्ड बोकेको जुलुसले मन्थली बजार परिक्रमा गरेको थियो । 


त्यसपछि आयोजना गरिएको कार्यकर्ता भेला पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँको प्रमुख आतिथ्यतामा भएको थियो । 


कार्यक्रममा बोल्दै चौलागाईँले हामी नेपाल भन्ने ग्रुपले ह्याण्डिल गरेको प्लेटफर्म मार्फत अमेरिकाले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको दाबी गरे ।


अमेरिकाले सुनियोजित रूपमा नेपालको शासनसत्ता कब्जा गरेको चौलागाईँले बताए । 


कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले २३ गते बिहानको आन्दोलन जेनजीको आन्दोलन भएपनि २३ गते अपराह्नपछि आन्दोलन हाइज्याक भएको बताए ।


दुर्गा प्रसाईँले गाडी चढाउँदा समेत गोली नचलाउने प्रहरीले बालबालिकाको टाउकोमा गोली चलाउनै नसक्ने उनको दाबी छ ।
ढुङ्गेलले नेपाली सेना समेत सिंहदरबार, सितलनिबास लगायतका संरचना जोगाउने दायित्वबाट चुकेको बताए । २३ र २४ गतको घटनालाई एमालेले सामान्य ढङ्गले नछाड्ने उनको भनाई छ । यसको हिसाबकिताब एमालेले खोज्ने उनले बताए । 


पार्टी केन्द्रीय सदस्य गीता कार्कीले अहिले पार्टी र देशका लागि निक्कै सङ्कटको अवस्था आएको बताउँदै यो सङ्कटसँग जुध्न सबै एक भएर लाग्नुपर्ने बताइन् ।

 

कार्यक्रममा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले भदौ २३ र २४ गतेको जेनजीतको आन्दोलनमा नेपालमा अस्थिरता मच्चाउन चाहनेको घुसपैठ भएको बताउँदै सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।


उनले यस बिचमा भएका सबै घटनाको छानबिन र अनुसन्धान हुनुपर्ने बताउँदै त्यो छानबिन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीबाट नै सुरु गर्न माग गरे । 


कडरियाले राजनीतिक दलका नेताहरु पनि सच्चिनुपर्ने बताउँदै जेनजी आन्दोलनको नाममा युवा र विद्यार्थीलाई भड्काउने काम गरिएको दाबी गरे । विद्यालय पढ्ने बालबालिकालाई विद्यालय पोसाकमा नै जुलुसमा पठाएर दुरुपयोग गरिएको उनको आरोप छ ।


कार्यक्रमका सहभागीलाई स्वागत गर्दै पार्टी जिल्ला कमिटी उपाध्यक्ष होतराज ढकालले भुईँबाट कार्यकर्ताले उठाएका कुरा नेताहरूले केन्द्रीय नेतृत्वसम्म नपु¥याउने र आफ्नो अनकूल मात्र रिपोर्टिङ गर्दा अहिलेको अवस्था आएको भन्दै नेतृत्वलाई सचेत हुन आग्रह गरे ।
भेलाले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै, पार्टी, राष्ट्र र राष्ट्रियताको पक्षमा एकताबद्ध भएर उभिने प्रतिबद्धता जाहेर गरेको नेकपा एमाले रामेछापका सचव प्रकाशकुमार कार्कीले जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार