मन्त्री छनोटमा सुदन गुरुङ समुहको असन्तुष्टि, प्रधानमन्त्री निवास अगाडि नाराबाजी
२०८२ भाद्र ३० सोमवार
- मध्यराति बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे गरेका थिए ।
काठमाडौं: जेनजी आन्दोलनको एक समुह हामी नेपालीका सुदन गुरुङसहितको समुहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे गरेका थिए ।
सुदनले ओमप्रकास अर्याल आफै गृहमन्त्री बन्न लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले भने- यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर, सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
युवाहरुले मुर्दामाथि राजनीति नगर, भन्दा नाराबाजी गरेका थिए । उपस्थित सुदनका समर्थकहरुहरुले आन्दोलन हाइज्याक भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
जेनजी समुहको प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् । कार्कीले बालेन शाहसँग निकट रहेका ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने भएपछि युवाहरु असन्तुष्ट बनेको देखिएको छ । अर्याल जेनजी समुहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिसँग वार्तामा समेत सहभागी भएका थिए । प्रधानमन्त्री कार्कीले अर्याल बाहेक पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।