सुशीला कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी

२०८२ भाद्र २७ शुक्रवार
सारांश
  • प्रधानमन्त्री पदमा शपथ खुवाएसँगै उनको पहिलो जिम्मेवारी ६ महिना भित्र निर्वाचन गराउने भएको छ ।

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ महिना भित्र निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा शपथ खुवाएसँगै उनको पहिलो जिम्मेवारी ६ महिना भित्र निर्वाचन गराउने भएको छ ।

 

यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलले विशेष परिस्थितिमा संबिधानले दिएको विशेष अधिकारको प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरेका छन् ।

 

प्रधानमन्त्री कार्कीसँगै केहि मन्त्री नियुक्त गरिने बताइएको भएपनि कुनै मन्त्री भने नियुक्त गरिएको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार