देशभित्रबाटै समस्याको निकास निकालियोस्: पूर्वराजा ज्ञानेन्द्र शाह
२०८२ भाद्र २४ मङ्गलवार
- पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणासमेत पूर्वराजाबाट राखेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताले गरेको आन्दोलनमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वराजा शाहको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर–किशोरी र युवा–युवतीहरूले काठमाडौँ लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शनमार्फत पोखेको आक्रोश आम चासोको विषय रहेको प्रस्ट पारेको छ ।
‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद् एवं निन्दनीय कार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ ।’
घटनामा ज्यान गुमाएका होनहार आत्माप्रति पूर्वराजा तथा पूर्वराजपरिवारका सदस्यबाट हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि संवाद सचिवालयले जनाएको छ ।
पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणासमेत पूर्वराजाबाट राखेको विज्ञप्तिमा उल्लेख छ ।
हाल उठेको सुशासन र आर्थिक अननुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस् भन्ने चाहना पूर्वराजाले राखेको संवाद सचिवालयले प्रस्ट पारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच शिक्षण अस्पतालमा वार्ता सुरु
-
मानव सेवा आश्रमलाई बालबालिकाको तस्वीर तथा भिडियो प्रकाशन नगर्न परिषद्को निर्देशन
-
मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध
-
पोखराका सडक र घर नम्बर अब डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिने
-
हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।