जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय
२३ भाद्र, २०८२, सोमवार
- तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गर्ने निर्णय गरिएको छ ।
काठमाडौँ: सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा घटेका घण्टाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गर्ने निर्णय गरिएको छ ।
जेनजी पुस्ताको आन्दोलनमा अहिलेसम्म काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’