प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेट

२०८२ भाद्र १७ मङ्गलवार
सारांश
  • प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो ।

काठमाडौं: एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । 


प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । ओली र पुटिनबीचको वार्ताको क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे चर्चा भएको थियो ।


सोही क्रममा प्रधानमन्त्री ओलीले भेट भएको कुरामा खुसि व्यक्त गरेका छन् । उनले सन् १९५६ मा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएपनि रसियन प्रधानमन्त्री नेपाल भ्राणमा नआएको आउने नगरेको गुनासो पनि गरेका छन् । 


उनले भने, ‘मलाई थाहा भएसम्म पछिल्लो समय थाहा छैन् के भएर हो तर कुनै पनि रसियन प्रधानमन्त्री र मान्य व्यक्तिहरु नेपाल भ्राणमा आएको थाहा छैन् । यद्यपी नेपालको तर्फबाट म प्रधानमन्त्री हुदँ १९९९ र २००० मा रुसको भ्रमणमा गएको थिए ।’ 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार