रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार
२०८२ भाद्र ०४ बुधवार
- प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद सन्तोष परियार र राप्रपाका सांसद रोशन कार्कीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद सन्तोष परियार र राप्रपाका सांसद रोशन कार्कीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
सांसद परियारले सत्तारुढ दलहरुले उपसभामुखलाई हटाउन प्रहसन गरेको आरोप लगाउदै रास्वपालाई निषेध गर्न खोजेको आरोप लगाउदै यस्तो गर्न कसैले नसक्ने बताए । उनले उपसभामुखको अवमुल्यन नगर्न चेतावनी दिए । त्यस्तै राप्रपा सांसद कार्कीले उपसभामुखलाई महाभियोग लगाउने प्रयासको विरोध गरेकी छन् ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’