- जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।
जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।
उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए । उनले अभियान मात्र संचालन गरेर एउटा अध्याय सकिएको बताउदै अब नेपालको संबिधान अनुसार दल दर्ता गरेर अगाडी बढ्ने जानकारी गराएका हुन् । उनले अब उनले छिट्टै नयाँ दल दर्ता गर्ने र दलको नाम पनि केहि दिनमा टुंगाउने बताएका छन् ।
प्रसाईले पत्रकार सम्मेलनमा राप्रपाले आफुलाई छुरा हानेको आरोप लगाउदै राजेन्द्र लिङदेनले आफुलाई बैंक चोर भनेको प्रति आपत्ति जनाएका थिए । उनले बैंकलाई तिरेको ब्याज र कर्जा सूचना केन्द्रले पनि आफुलाई कालो सूची नराखेको स्पष्ट गरेका थिए ।
प्रसाईले आफुहरुको मुद्धा राजा ल्याउने रहेपनि अब राजामै सबै कुरा भरपर्ने बताए । आफुले प्रयास गरेको तर अब राजाले के गर्छन भन्ने अनुसार अगाडी बढ्न बताए ।
उनले व्यवस्था भित्र बसेर व्यवस्था विरोधी आन्दोलन गर्न दल दर्ता गर्न लागेको बताउदै राप्रपा र आफुमा धेरै फरक रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’