- विहिबार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद डा. चन्दा कार्कीले गृहमन्त्रीकै कार्यकक्षमा तयार उजुरी तयार गरेर न्याय परिषद्मा दिइएको र रवि लामिछानेको मुद्दालाई प्रभावित पारिएको आरोप लगाएकी थिइन् ।
काठमाडौँ : गृहमन्त्री रमेश लेखकको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भन्ने आरोपको खण्डन गरेको छ ।
विहिबार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद डा. चन्दा कार्कीले गृहमन्त्रीकै कार्यकक्षमा तयार उजुरी तयार गरेर न्याय परिषद्मा दिइएको र रवि लामिछानेको मुद्दालाई प्रभावित पारिएको आरोप लगाएकी थिइन् ।
गृहमन्त्री लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा पेसी चढेको दिन न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भनी केही मानिसहरूले व्यक्त गरेको र सो विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ-
सम्मानित अदालतलाई प्रभावित गरियो भन्ने किसिमका अभिव्यक्ति पूर्णत: भ्रामक, कपोलकल्पित र मनगढन्ते हुनुका साथै माननीय गृह मन्त्रीज्यूलाई तथ्यहीन दोषारोपण गर्ने गलत मनसायले प्रेरित उक्त अभिव्यक्ति र समाचारको सचिवालय खण्डन गर्दछ।
अदालत र न्याय परिषद् जस्ता सम्मानित निकायहरूको कार्यक्षेत्र र स्वतन्त्रतामा माननीय गृह मन्त्रीज्यू र सचिवालय संवेदनशील रहेको हुँदा सम्मानित न्यायालयको गरिमा तथा सम्मानमा असर पर्ने यस्ता कार्यहरू नभएको, हुनै नसक्ने र आगामी दिनमा पनि नहुने कुरामा आश्वस्त हुन अनुरोध गरिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’