नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो: गृहमन्त्री
२०८२ श्रावण २९ बिहिवार
- विधायन व्यवस्थापन समितिमा भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने कुरा विस्तारै बुझ्न थालेको बताएका छन् ।
विधायन व्यवस्थापन समितिमा भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए ।
उनले भने, ‘बुबा जहाँको भएपनि जुनसुकै वर्ग, देश जोस जुन माटोमा जन्मियो त्यसको नागरिकता पाउँछ । हाम्रो नेपालको सिद्धान्त भनेको वंशजको सिद्धान्त हो । वंशजको सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको हुनाले अब आमाको के हुन्छ त, वंश बुबाले स्थापित गर्ने हो भने आमाको के हुन्छ भन्ने बहसहरु भईरहेको बेला अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेका छौ ।’
यस्तै, उनले ब्रिटिस गोर्खाको विषयमा ब्रिटिसको न्याचुरलाइजेशन नागरिकता पाइसकेको मान्छेले नेपालमा दोहोरो नागरिकता नपाउने भन्दै जसले त्यो लिएको छैन् त्यो नेपाली नागरिक नै भएको कुरामा स्पष्ट हुनुपर्ने बताए ।
उनले भने, ‘अर्को ब्रिटिस गुर्खाको कुरामा जुन मान्छेले ब्रिटिसको न्याचुरलाइजेशन नागरिकता पाइसक्यो, त्यो मान्छे युकेको नागरिक हो । उसको दोहोरो नागरिकता नेपालमा हुदैँन् । जसले त्यो लिएको छैन् त्यो नेपाली नागरिक नै हो, भन्ने कुरामा स्पष्ट हुनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।