सुशासनको सूचक सदनको मन्तव्य होईन सार्वजनिक सेवा हो: सांसद झा
२०८२ श्रावण २८ बुधवार
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासनको सूचक भनेको सदनको मन्तव्य नभएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकपश्चात उनले सुधार, सुशासन र सार्वजनिक सेवाको सूचक भनेको सदनको मन्तव्य नभएको भन्दै सार्वजनिक सेवामा सुधार भएको बताए ।
उनले भने, ‘सुशासनको कुरामा के हुन्छ भने सुशासनको सूचक भनेको सदनको मन्तव्य होईन् । सुशासनको सूचक भनेको सार्वजनिक सेवामा सुधार हो । सदनमा जति नै मिठो भाषण गर्नु हुन्छ भनेपनि लाइसेन्स लिदा कहिले पाइन्छ भन्ने ठेगान छैन्, बिजुली पानीको ठेगान छैन् । पासपोर्ट लिदाँ कति कुर्नु पर्छ त्यसको ठेगान छैन्, कारागारमा मान्छे सुरक्षित छैनन् । यो हो सूचक भनेको । सुधार, सुशासन र सार्वजनिक सेवाको सूचक भनेको सदनको मन्तव्य होईन्, सेवा नै हो ।’
यस्तै, उनले सभापति खराब भएको कुरा थहा थियो भने त्यो बेला किन गठबन्धन गरेको प्रश्न गर्दै पार्टनरसिपमा हुदाँ एकदम राम्रो भन्ने पार्टनरसिपबाट हटेपछि नराम्रो भन्ने राजनीतिक संस्कारको कमि यहीबाट देखिएको बताए ।
उनले भने, ‘सभापति जी खराब भएको कुरा थहा थियो भने त्यो बेला किन गठबन्धन गर्नुभयो, अहिले नयाँ पार्टनर भेटिएपछि मेरो पूर्व पार्टनर खराब थियो भनेर भन्दै हिन्नु हुन्छ भने तपाई आफूलाई राम्रो पार्टनर होईन् । किनभने तपाई पार्टनरसिपमा हुदाँ एकदम राम्रो भनेर भन्ने पार्टनरसिपबाट हटेपछि नराम्रो भन्ने राजनीतिक संस्कारको कमि त्यहीबाट देखियो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।