रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

२०८२ श्रावण २७ मङ्गलवार
सारांश
  • प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिशिर खनाल र राप्रपाकी सांसद बिना लामाले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिशिर खनाल र राप्रपाकी सांसद बिना लामाले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

 

सांसद खनालएल भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । 

 

त्यस्तै राप्रपा सांसद लामाले आफुहरुको मागमा संसदले कुनै पहल नगरेको भन्दै सरकारले आफुहरुको मागलाई हलुका रुपमा लिएको आरोप लगाएकी छन् । उनले उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने बताईन् ।  

 

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार