पूर्णरुपले अवरुद्ध राजमार्गहरु सुचारु गर्न सांसद गैरेको माग

२०८२ श्रावण २० मङ्गलवार
सारांश
  • मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध हुँदा स्थानीय जनजीवन कष्ठकर भईरहेको भन्दै सरकारको प्रयत्नलाई रुपान्तरण गर्नुपर्ने बताए ।

काठमाडौं : नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले पूर्णरुपले अवरुद्ध भएका राजमार्गहरु सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध हुँदा स्थानीय जनजीवन कष्ठकर भईरहेको भन्दै सरकारको प्रयत्नलाई रुपान्तरण गर्नुपर्ने बताए ।

 

‘पश्चिम पाल्पाको जुठापौवा, बलङगढीखण्डमा बाटो भासिएर स्थानीय जनजीवन कष्ठकर भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतका आरुभञ्ज्याङ राम्दीखण्ड त्यहाँका सम्पूर्ण ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरोले बन्द भएको छ । नागरिकहरुको यात्रा अवरुद्ध हुँदा त्यसलाई सुचारु गर्न सरकारको प्रयत्नलाई सार्थक रुपमा रुपान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भने ।

 

उनले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबाखण्डमा ठुलो पहिरो जाँदा लगभग १९÷२० घण्टा देखि यात्रुहरु अप्ठेरोमा परेको भन्दै सुचारुको लागि ध्यानाकर्षण पनि गराएका छन् ।

 

उनले भने, ‘सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबाखण्डमा ठुलो पहिरो जाँदा १९÷२० घण्टा देखी सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुहरु र त्यो क्षेत्रबाट अन्य क्षेत्रमा जाने यात्रुहरुको यात्रा पूर्णरुपले अवरुद्ध भएको छ । यात्रुहरु बाटोमा विचल्ली हुने परिस्थीति बन्यो, त्यहाँबाट नुवाकोट दोभानको वैकल्पित बाटो सञ्चालन गर्न तिनाउ गाउँपालिका, सरकार, सुरक्षाकर्मी लगायतले प्रयत्न गरिरहनु भएको छ तर सफल हुन सकेको छैन ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार