पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आएको हो : प्रकाशमान सिंह
२०८२ श्रावण १५ बिहिवार
- नेपाली कांग्रेस समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुने पदमा पुगेपछि सोही अनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रष्ट पारे ।
काठमाडौं : उपप्रधानमन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको अवस्था आउनुको कारण पूर्वसहमति कार्यान्वयन नहुँदाको परिणाम हो भनेका छन् । सहमति कार्यान्वयन नहुँदा दलका नेता परिवर्तनको अवस्था आएको औंल्याए ।
नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले साउन १५ को खीर दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उपप्रधानमनत्री सिंहले भने,‘ ‘पार्टी सञ्चालन गर्दा साथीभाईबिच भएको सहमतिलाई त सबैले पालना गर्नुपर्छ नी । विश्वासको संकट भयो भने पार्टी राम्रोसँग अगाडि बढ्न सक्दैन । सहमति भएपछि सोही अनुसार अगाडि बढेको भए यसरी बाहिर आउँदैनथ्यो भन्ने कुरा सबैले बुझ्नुपर्दथ्यो, उपप्रधानमन्त्री सिंहले भने ।
उनले नेपाली कांग्रेस समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुने पदमा पुगेपछि सोही अनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रष्ट पारे ।
त्यस्तै उनले संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरु मिलेर बन्दा भएको सात बुँदे सहमतिलाई कम आँक्न नहुने पनि बताए ।
‘७ बुँदे सहमतिलाई कम नआँकौं । राजनीतिक स्थिरता ल्याउनका लागि दुई ठुला दल कांग्रेस र एमालेले अरु दललाई पनि समेटेर वर्तमान सरकार बनेको छ ,’ उनले भने,‘७ महिनामा सरकार परिवर्तन भएको भयै थियो । नागरिकले सरकार त टिक्दैन भने सरकारले अरु के गर्छ ? भनेर प्रश्न गरिरहनुभएको थियो । अहिले सरकारले स्थिरता पाएको छ । राजनीतिक स्थीरताकै जगमा नागरिकको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिररहेको छ ।’
सिंहले पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा पनि जोड दिए । ०५६ सालदेखिनै पार्टीलाई विधिसम्मत र संस्थागत गरेर जानुपर्छ भनेर आफूले भन्दै आएको स्मरण गराउँदै उनले अहिलेको चुनौति सामना गर्नका लागि कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने बताए ।
कार्यक्रममा रामेछापका नेताहरुले पार्टीभित्र अराकजता बढेको भन्दै पार्टीलाई विधिसम्मत चलाउनका लागि केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।