राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न जरुरी : अध्यक्ष ढकाल
२०८२ श्रावण १३ मङ्गलवार
- मंगलबार काठमाडौंमा नेपाल डेरी एसोसियसनले आयोजना गरेको खीर प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यसको असर निजी क्षेत्रले भोगिरहेको भन्दै कार्यान्वयन गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा भएका राम्रा कानून र मौद्रिक नीतिलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाल डेरी एसोसियसनले आयोजना गरेको खीर प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यसको असर निजी क्षेत्रले भोगिरहेको भन्दै कार्यान्वयन गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।
उनले भने, ‘सरकारले बनाएका बजेट, कानून, मौद्रिक नीतिले बोलेका कुराहरु पनि सरकारको गति अनुसार कार्यान्वयन हुन सकेको छैन्,’ उनले थप भने, ‘वास्तवमा कतिपय राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नभए त्यसको असर निजी क्षेत्रले भोगिरहेको हुनाले जतिपनि कानूनहरु परिवर्तन भए वा बजेटमा उल्लेख भएका कुराहरु छन् अर्थात मौद्रिक नीतिमा उल्लेख भएका विषयहरु गति अनुसार कार्यान्वयन गर्नका लागि आग्रह गरेका छौ ।’
उनले नेपाल डेरी एसोसियसनले कृषि उत्पादनको प्रवद्र्धनमा गरेको कामप्रति सकरात्मक रहेको भन्दै डेरीजन्य उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने समेत बताए ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले देशको विकास कृषि क्षेत्रबाट मात्र सम्भव रहेको भन्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताए ।
उनले भने, ‘म उद्योग वाणिज्य महासंघलाई अनुरोध गर्न चाहन्छु यदी देशमा कृषि क्षेत्रको हुँदैन भने यो देशको विकास हुन सक्दैन । अरु क्षेत्रमा जतिसुकै विकास गरे पनि कृषि अपरिहार्य हो । कृषि क्षेत्रमा आत्मनिर्भर भयौ भने स्वदेशी मुद्रा बाहिर पठाउन पर्दैन ।’
उनले अदालतबाट मुद्दा जित्दा समेत बिजुलीमा पाउने छुट नपाएको भन्दै यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’